24 Hours Emergency & Ambulance Service:- +977-9746402490

Request

Appointment

Lab

Reports

Ambulance Service

+977-9746402490

भैरहवामा क्यान्सर अस्पताल निर्माण सुरु

पश्चिम नेपालमै पहिलो सुविधा सम्पन्न क्यान्सर अस्पताल भैरहवामा निर्माण सुरु भएको छ। भैरहवा र अमेरिकासहित युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीमा निजी क्षेत्रबाट सुविधा सम्पन्न सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण सुरु गरिएको अस्पतालका संचालक अर्जुन पौडेलले जानकारी दिए।

विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो।

अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका छन्। सो अवसरमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको बताए।

सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे। २ बिघा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल सय शय्याको हुनेछ। निर्माण कार्य करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अस्पताल निर्माणको काम दुई चरणमा गरिनेछ। ‘पहिलो चरणमा ५० बेडको अस्पताल बनाइनेछ,’ संचालक पौडेलले भने, ‘यो डेढ वर्षभित्रै संचालन हुनेछ।’ उनका अनुसार दोस्रो चरणमा थप ५० शय्या गरी सय शय्यको अस्पताल बनाइने छ।

नारायणगढ पश्चिममा नेपालमा क्यान्सर उपचारका लागि सुविधासम्पन्न कुनै अस्पताल छैनन्। यो अस्पतालले पश्चिम नेपालसँगै छिमेकी मुलुकका विरामीलाई उपचारमा सहजता ल्याउनेछ।

अस्पताल निमार्ण सम्पन्न पूर्व आगामी असार महिनादेखी नै सिद्धार्थनगर सिटी अस्पतालसँग समन्वय गरी क्यान्सर बिरामीका लागि किमो थेरापी सेवा उपलब्ध गराउने संचालक अर्जुन पौडेलले बताए। सिटी अस्पतालसँगको सहकार्यमा मेडिकल अन्कोलोजिस्ट भर्ना गरी क्यान्सरसम्बन्धी स्किृनिङ  र अप्रेसन सुरु गरिने पौडेलले बताए। 
 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top